• २०८१ जेष्ठ ३० गते बुधवार

नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश

रुबिनाको ऐतिहासिक शतक
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, काठमाडौं । कीर्तिमानी जित सहित नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार माल्दिभ्समाथि २ सय १४ रनको कीर्तिमानी जित निकाल्दै नेपालको महिला टिमले अन्तिम ८ मा स्थान बनाएको हो ।

रुबिना क्षेत्रीको १ सय १८ रनको सतकीय इनिङ्समा नेपालले ४ विकेटको क्षतीमा २ सय २७ रन बनाएको थियो । महिला टी ट्वान्टी क्रिकेटको इतिहासमा रुबिनाले पहिलो शतक बनाउँदा पुजा महतोले ५९ रनको शानदार इनिङ्स खेलेकी थिईन । सिता राना मगरले १५ र कबिता कुँवरले १३ रन बनाएकी थिईन् ।

जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स १३ दशमलव ५ ओभरमा १३ रनमा समेटियो । नेपालका लागि अश्मिना कर्मचार्यले ४ विकेट र पुजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिएपछि नेपालले माल्दिभ्समाथि ऐतिहासिक जित निकालेको हो ।

नेपालले समूह चरणका तीन वटै खेलमा जित निकाल्दै समूह विजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस