• २०८१ चैत्र १२ गते बुधवार

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत

समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस