• २०८१ जेष्ठ ३१ गते बिहिवार

लागुऔषधसहित २ जना प्रहरीको नियन्त्रणमा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, बारा। प्रहरीले लागुऔषध ट्याब्लेट र सुईसहित २ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उप-महानगरपालिका वडा नं. १ देवकोटा चोकस्थित वीरगंजबाट लागुऔषध ट्याब्लेट र सुईसहित निजगढ नगरपालिका वडा नं. ६ योजना टोल बस्ने बर्ष २९ को हेम बहादुर थापा र सोही ठाउँ बस्ने बर्ष २१ को आशिष तामाङलाई सोमबार नियन्त्रणमा लिएको हो।

कलैया हुँदै निजगढ तर्फ जाँदै गरेको ना ५६ प ८७७१ नं. को पल्सर मो.सा. शंका लागि चेक जाँच गर्दा उनीहरुले लुकाई छिपाई लैजादै गरेको उक्त लागु औषध ट्याब्लेट र सुईसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले डाईजापाम-५६ एम्पुल, फेनारगन-५३ एम्पुल,नोरफिन-५३ एम्पुल,ट्रामानिल-५६ पत्ता (६५० पिस ) बरामद गरेको छ।

उनीहरु माथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस