कात्तिक २६, हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाको कार्यालय दिउँसो २ बजे बन्द हुने गरेको छ । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही उपाध्यक्ष प्रेमकला शाही लगायत समपूर्ण कर्मचारीहरू २ बजे पछि कार्यालयमा नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ।
कार्यालयमा कुनै कर्मचारी नभएपछि कार्यालय सहयोगीले कार्यालय बन्द हुने समय भन्दा अगाडी नै बन्द गदै आएको र टाढा टाढा बाट सेवा लिन आउँदा कार्यालय बन्द हुने भएकाले समस्या भएको स्थानीयहरूले बताएका हुन् ।
“पालिका धेरै जसो कार्यालयको समय भन्दा अगाडी नै बन्द हुन्छ, मेरो त नजिकै घर छ त्यसैले मैले कार्यालयको समयमा नै सेवा लिन्छु, तर हाम्रो गाउँपालिकामा २,३ घण्टा टाढा बाट हिँडेर आउने ठाउँ पनि छ त्यहाँका सबै मानिसले समयमा सेवा पाउँदैनन् नाम नखुलाउने सर्तमा एक जनाले भन्नुभयो । “गाउँपालिकामा कर्मचारी नआउने होइन आउँछन् तर कार्यालय समय भन्दा बढी समय होटेलमा बिताउँछन् । कर्मचारीहरू कार्यालयमा आए पनि कार्यालयमा बस्दैनन्, अनि कार्यालय समय अगावै बन्द हुन्छ , जनप्रतिनिधि तथा कर्मचारीहरूको यस्तै लापरबाहीले गर्दा सेवा ग्राहीले नियमित सेवा पाएका छैनन् , नाम नखुलाउने सर्तमा एक जनाले बताउनु भयो ।
यस बारेमा पालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई बुझन खोज्दा पालिका अध्यक्ष शाहीले यस विषयमा आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजे, केही समय पछि अध्यक्ष शाहीले फोन गरेर कार्यालय बन्द भएको कसरी थाहा भयो, बिना जानकारी किन आउनुभएको भनेर अनुचित शब्द प्रयोग गरी धम्की दिएका छन् । यस बारेमा हामीले थप बुझन खोज्दा उपाध्यक्ष प्रेमकला शाहीलाई पटक पटक समर्पक गर्न खज्दा उहाँको फोन उठेको छैन ।