कात्तिक २६, काठमाडौं । मंसिर १६ गते गण्डकी प्रदेशको एक वटा स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार गण्डकी प्रदेशमा १ स्थानमा उपनिर्वाचन हुँदैछ ।
गण्डकी प्रदेश अन्तर्गत गोरखा नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुँदैछ । यहाँ गत निर्वाचनमा एमालेका खिलबहादुर रानाले ४५३ मत पाएर विजयी भएका थिए ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ती स्थानमा निर्वाचित जनप्रतिनिधिको निधनलगायत विभिन्न कारण रिक्त भएपछि उपनिर्वाचनबाट पुनस् चयन गर्न लागिएको हो। मतदान १६ मंसिरको बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।