• २०८१ मङ्सिर २२ गते शनिवार

सुदूरपश्चिम प्रदेशका ६ स्थानीय तहमा उपनिर्वाचन हुने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६, काठमाडौं । मंसिर १६ गते सुदूरपश्चिमका ६ वटा स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार सुदूरपश्चिममा एक गाउँपालिकाका उपाध्यक्ष पदको सहित ६ स्थानीय तहमा उपनिर्वाचन हुनेछ ।


सुदूरपश्चिम प्रदेशको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । यस्तै बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । यस्तै जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पनि उपनिर्वाचन हुँदैछ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ती स्थानमा निर्वाचित जनप्रतिनिधिको निधनलगायत विभिन्न कारण रिक्त भएपछि उपनिर्वाचनबाट पुन: चयन गर्न लागिएको हो। मतदान १६ मंसिरको बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस