• २०८१ मङ्सिर २२ गते शनिवार

लुम्बिनी प्रदेशका ६ पदमा उपनिर्वाचन हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६, काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदै छ। जसअन्तर्गत लुम्बिनी प्रदेशमा स्थानीय तहका एक गाउँपालिका उपाध्यक्ष सहित ६ पदमा उपनिर्वाचन हुँदैछ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनमा रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ मा वडाध्यक्ष, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा पनि निर्वाचन हुँदैछ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ती स्थानमा निर्वाचित जनप्रतिनिधिको ठाउँ निधनलगायत विभिन्न कारण रिक्त भएपछि उपनिर्वाचनबाट पुनस् चयन गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस