• २०८१ मङ्सिर २२ गते शनिवार

बाग्मती प्रदेशका सात स्थानमा उपनिर्वाचन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६, काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदै छ। जसअन्तर्गत बागमती प्रदेशमा एक नगरप्रमुख र गाउँपालिका उपाध्यक्षसहित ७ जनप्रतिनिधि चयनका लागि उपनिर्वाचन हुँदै छ।

बागमती प्रदेश निर्वाचन कार्यालय (हेटौँडा) का अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख (मेयर) पद तथा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको हो।

यस्तै कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ र ४, काठमाडौँ महानगरपालिका १६ मा वडाध्यक्ष चयनका लागि उपचुनाव हुँदै छ। निर्वाचन कार्यालयका अनुसार नुवाकोटको ककनी गाउँपालिका–२ र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ती स्थानमा निर्वाचित जनप्रतिनिधिको ठाउँ निधनलगायत विभिन्न कारण रिक्त भएपछि उपनिर्वाचनबाट पुन: चयन गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस