• २०८१ माघ २ गते बुधवार

सुनको मूल्य तोलामा एक हजारले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
कात्तिक २६, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस