फागुन २८, बाँके। नेपालगंज उपमहानगरपालिका-.१ स्थितबाट स्रोत नखुलेको ३८ लाख ६३ हजार नेपाली रुपैयाँसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-१ बस्ने २० वर्षीय अनुप थारू, बर्दिया बारबर्दिया नगरपालिका-२ बस्ने २५ वर्षीया पूर्णिमा चौधरी र बाँके नेपालगंज उपमहानगरपालिका-१६ बस्ने ३६ वर्षीय सहिब अहमद जसगड रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।