• २०८१ फाल्गुन ७ गते बुधवार

ग्याल्पो ल्होसार पर्वले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने : उपराष्ट्रपति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग गर्ने बताउनुभएको छ ।

ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले खुसियाली साट्ने यो पर्वको अर्को महत्वपूर्ण विशेषता भनेको सामूहिक रुपमा एकअर्काको हात समाएर सुखदुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनुले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई पनि दिएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस