• २०८२ जेष्ठ ७ गते मङ्गलवार

ट्याक्टर दुर्घटनामा परी सुस्तामा एक जनाको निधन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, नवलपरासी पश्चिम । पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। सुस्ता गाउँपालिका-३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु३त २८४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टँदा सुस्ता गाउँपालिका-५ का १३ वर्षका रोहित कंकरको मृत्यु भएको हो।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कंकरको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सुस्ता गाउँपालिका-४ नर्सहीका बस्ने २१ वर्षका सुकई मल्लाह घाइते भएका छन्। घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस