• २०८१ जेष्ठ ३० गते बुधवार

महिला प्रिमियर कपमा नेपालको विजयी शुरुवात, हङकङ ८ विकेटले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौँ । नेपालले एसीसी महिला प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ९४ रनको लक्ष्य पछाएको नेपालले १४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्बाधिक ४० रन बनाएकी थिइन् भने सिता राना मगरले ३२ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउदै ९३ रन बनाएको थियो । यो जितसहित नेपालले समुह डी मा विजयी शुरुवात गरेको छ । अब नेपालले दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस