• २०८१ माघ ९ गते बुधवार

सर्कल हर्ट संस्थाद्वारा चेपाङ समुदामा राहात वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, मकवानपुर । सर्कल हर्ट संस्थाले मकवानपुरको चेपाङ समुदायलाई लक्षित गर्दै खाद्यान्न र जाडोयामका लागि न्यानो कपडा वितरण गरेको छ। सामाजिक सेवा र सहयोगका विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको यो संस्थाले यसपालि पनि असहाय र पछाडि परेका समुदायलाई सहयोग पुर्‍याउने उदेश्यकासाथ उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा खाद्यान्नका साथै जाडोमा आवश्यक न्यानो कपडाहरू ब्वितरण गरेको र जसले गर्दा स्थानीय चेपाङ समुदायका बालबालिका, वृद्धवृद्धा, र महिलाहरूलाई विशेष राहत पुर्‍याएको सर्कल हर्ट सस्थाकि अध्यक्ष अमृता भण्डारी ले जानकारि दिनुभयो |

यस अभियानमा समाजसेवी नरेन्द्र सेन्दाङले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आर्थिक र भौतिक सहयोग पुर्‍याउनु भएको थियो । नरेन्द्र बिगतलामो समयदेखि अमेरिकामा बस्दै आउनुभएको र यो समय छुट्टीमा आउनुभएका सेन्दाङ स्वयम उपस्थित भएर उक्त राहात बितरण गरिएको थियो | “सामाजिक सेवा हाम्रो कर्तव्य हो। म यस संस्थाको साथमा यस्ता सहयोगात्मक कार्यक्रमहरूमा निरन्तर सहभागी हुने छु,” नरेन्द्र सेन्दाङले बताउनुभयो |

सर्कल हर्ट संस्थाले भविष्यमापनि विभिन्न क्षेत्रका पिछडिएका समुदायहरूलाई स्वरोजगार कार्यक्रम सन्चालन गरेर स्वयमलाइ उधमी बनाउन पहल गर्ने अध्यक्ष अमृता भण्डारीले प्रतिवद्धता ब्यक्त गर्नुभयो |

स्थानीयहरूले संस्थाको यो कार्यबाट अत्यन्तै खुसी हुदै भन्दै धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस