• २०८२ बैशाख ५ गते शुक्रवार

कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले शुक्रबार स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सुनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई नियुक्त गरेका थिए ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरुङले पनि शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस