• २०८१ असार ९ गते शनिवार

पर्साको हरपुरबाट गाजाँसहित दुई जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, काठमाडौं । पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट पुस २४ गते सशस्त्र प्रहरीले करीव १ सय ६८ के.जी. गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरु धादिङ्ग जिल्लाको बेनिघाट गाउँपालिका ४ बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ्ग र मकवानपुर जिल्लाको राङसिराङ गाउँपालिका ४ बस्ने अन्दाजी २२ वर्षीय राजु लामा छन् ।

पर्साको बिरगंजबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाई छिपाई लैजाँदै गरेको गाँजासहित उनीहरुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो । उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेका छन् ।

उनीहरुको साथबाट ७८ हजार ५ सय नेपाली रुपैयाँ र दुई थान मोवाईल सेट समेत बरामद भएको छ । नियन्त्रणमा लिएकाहरुलाई बरामद गाँजा, रुपैयाँ, मोवाईल सेट र गाडीसहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस