• २०८१ माघ ९ गते बुधवार

विवाहपञ्चमीको अवसरमा ३४ जोडीको सामूहिक विवाह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, धनुषा। विवाहपञ्चमी महोत्सवको अवसरमा धनुषाको जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व हिन्दु परिषद् नेपालको आयोजनामा ३४ जोडीको सामूहिक विवाह सम्पन्न गरिएको हो ।

उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ । परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार २० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा उनीहरुलाई विवाहमा सहभागी गराइएको थियो । सामूहिक विवाह कार्यका लागि आर्थिक सहयोग सङ्कलन गरी खर्च जुटाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस