• २०८१ मङ्सिर २२ गते शनिवार

झुन्डिएको अवस्थामा १९ वर्षीय युवक मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २३, सर्लाही। सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित एकजना युवकको शव रुख माथि झुन्डिएको अवस्थामा फेला परेको छ । युवकको हत्या गरिएको आशङ्का गरिएको छ । हरिपुर्वा ४ डुमरिया गाउँमा स्थानीय सिकिन्द्र रायको छोरा अन्दाजी १९ वर्षको धिरज रायको हाथ खुट्टा बाँधिएको तथा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेका हुन् ।

पीडित परिवारले कसैले धीरजको हत्या गरेर रुखमा झुन्ड्याएको हुनसक्ने दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि दीपक श्रेष्ठले घटनाको पुष्टि गरेका छन् ।

प्रवक्ता श्रेष्ठले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको कमाण्डमा विशेषज्ञको टोली घटनास्थल गएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस