• २०८१ जेष्ठ ६ गते आइतवार

अछाम र बाजुरामा विद्युत् सेवा बन्द

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, धनगढी। अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ। पहाडी जिल्लामा हावा हुरीसँगै वर्ष हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले सेवा बन्द गरेको हो।

डोटीबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ। विद्युत् लाइनमा क्षति भए/नभएको विवरण भने आएको छैन। तर, बुधवार अछाम र बाजुराको विद्युत् सेवा पूर्ण रूपमा बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाले जनाएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हावा हुरी सँगै वर्षा हुँदै आएको छ। पहाडी जिल्लामा भएको वर्षका कारण कैलाली र कञ्चनपुरमा समेत तापक्रम कम हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस