• २०८१ चैत्र १३ गते बिहिवार

नेसनल मेडिकल कलेजका सञ्चालक पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, पर्सा । नेसनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी पक्राउ परेका छन् । पर्सा प्रहरीका अनुसार वीरगन्जको नेसनल मेडिकल कलेजमा छापा मारेर सोमबार उनलाई पक्राउ गरेको हो ।

म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस