• २०८१ जेष्ठ ३१ गते बिहिवार

क्यानडाविरुद्ध रोहित बने ‘प्लेयर अफ द म्याच’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौँ ।  कप्तान रोहित पौडेल क्यानडाविरुद्धको खेलमा प्लेयर अफ द म्याच बनेका छन् । एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध शानदार बलिङ गर्दै हर नजिक पुगेको नेपाललाई जित दिलाएका कप्तान पौडेल खेलको प्लेयर अफ द म्याच बनेका हुन् ।

प्लेयर अफ द म्याच बनेका रोहितलाई १५ हजार नगद पुरस्कार दिइएको छ । रोहितले यस खेलमा ४ विकेट लिएका थिए । उनले ८.५ ओभरमा २ मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए । रोहितले ब्याटिंग तर्फ भने ८ रन मात्र बनाएका थिए ।

नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अल आउट हुदै २१७ रन मात्र बनाएको थियो ।

यो जितपछि नेपाल ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार टियु मैदानमा हुने छ ।

प्रतिक्रिया दिनुहोस