• २०८२ बैशाख १७ गते बुधवार

अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटको गरुडामा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ ।एमाले रौतहटको १० औँ जिल्ला अधिवेशन उद्घाटनका लागि गरुडा आएका अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरिएको हो ।

गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औँ जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनमा ओलीसँगै केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस