• २०८१ असोज १ गते मङ्गलवार

नापीका सर्भेक्षक, खरिदारसहित तीन जनाविरुद्ध मुद्धा दायर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले सर्भेक्षक यादव र लेखापढी सेन्टरका संचालक भुजेललाई सेवाग्राहीबाट चार लाख घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय ललितपुरका सर्भेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी सेन्टरका संचालक भुजेलसमेतको मिलोमतोमा जग्गा हालसाविक गर्न गराउनको चार लाख घुस लिइएको देखिएपछि अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस