• २०८१ फाल्गुन ७ गते बुधवार

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, कास्की ।  पोखरा महानगरपालिका-८ नागढुङगास्थित सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलको एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा कडेल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस