• २०८१ असार ९ गते शनिवार

फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौँ । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

सर्वोच्चले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको प्रस्ट पारेको छ । जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्ण पाठमा यस्तो व्याख्या गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस