भदौ २१, कैलाली । कर्णाली नदीमा बिहिबार एक बालिकाको शव फेला परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम भँगालोमा १२ वर्षीया बालिकाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार कर्णाली चिसापानी सामुदायिक वनतर्फको भागबाट ¥याफ्टिङको सहायतामार्फत बालिकाको शव निकाली टिकापुर अस्पताल लगिएको छ । शव पहिचान गर्न नसकिने अवस्थामा रहेको उहाँले बताउनुभयो ।