• २०८२ बैशाख ९ गते मङ्गलवार

लुम्बिनीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, धादिङ । लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ। काठमाडौं आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशूली खोलामा खसेको हो।

उद्धारका लागि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ। टोलीले १३ जनाको जीवितै उद्धार गरेको छ। उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस