• २०८१ जेष्ठ ३१ गते बिहिवार

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट
माघ २३, काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेकाे छ। प्रहरीले वीरगंज र झापा, भद्रपुरबाट एक एक जनालाई पक्राउ गरेकाे हाे ।
प्रहरीले पर्सा, वीरगंज महानगरपालिका-१५ भेडियाहीबाट स्रोत नखुलेको नगद ४ लाख ५० हजार रूपैयाँसहित बारा फेटा गाउँपालिका-३ बैरिया बस्ने ३८ वर्षीय बिरेन्द्र प्रसाद गुप्तालाई सोमबार दिउँसो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २-०३ प ५६६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा गुप्ताले जिन्स पाईन्टको खल्ती र जुत्ताभित्र लुकाई राखेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
यस्तै झापा, भद्रपुर नगरपालिका-८ भद्रपुर विमानस्थलबाट स्रोत नखुलेको ३० हजार भारतीय रूपैयाँ, ९ हजार २ सय अमेरिकी डलर, अन्य विभिन्न देशका नोटहरु तथा विभिन्न बैंकका एटिएम कार्डसहित भारत आन्द्रप्रदेश बस्ने ४२ वर्षीय पोलागानी तिरूमाला रावलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा भद्रपुरदेखि काठमाडौं जान लागेका रावको लगेज जाँच गर्ने क्रममा उक्त परिमाणको नगद फेला पारी पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस