• २०८२ बैशाख ७ गते आइतवार

बढ्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख २३ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस