• २०८१ माघ २६ गते शनिवार

आगलागीमा परी दाजुबहिनीको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, मुगु। मुगुको खत्याड गाउँपालिका–२ गाडेखोलामा आगलागीमा परी दाजुबहिनीको मृत्यु भएको छ। आइतबार राति आगलागीमा परी स्थानीय लालु सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान सवा ६ बजेतिर स्थानीयले सञ्ज्यालका दुई बालबालिकाकाे जलेकाे शरीर भेटिएपछि शव पहिचान गर्न सकिने अवस्था नभएर डाक्टरलाई नै बोलाएर पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको छ।

घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस