• २०८१ मङ्सिर २२ गते शनिवार

अर्घाखाँचीको जयठाटीमा बस दुर्घटना स् दुई जनाको मृत्यु, १८ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा मृत्य हुनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा अन्दाजी ५ बजे देउसी भैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।

भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका ग्रुपलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको मृत्य भएको र उपचारको क्रममा २२ वर्षिय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लको भनाइ छ । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । साविक खिल्जी र असुरकोट गाविस हाल वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा १५र१६ भैलोका टीम नाच्ने परम्परा रहेको घटनास्थलबाट स्थानीय गणेश प्रसाद भण्डारीले बताउनु भयो । भैलो हेर्ने परम्परा अनुसार मानिसहरु भैलो हेर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस