सांसारमा सायद यस्तो देश बिरलै होला जहांका नागरिकहरु रोजगारी तथा विभिन्न कामको सिलसिलामा नपुगेको देश कमै होलान, त्यो देशको नाम हो ” नेपाल ” ।
भनिन्छ , ” नेपाल हरिया बनजंगल डाँडापाखा, तालतलैया, नदीनाला तथा विविध संस्कार, धर्म र जातजातीहरुको सुन्दर देश हो !” आखिर ३० औं वर्ष पहिला नेपालको तितेपाती बिदेश लगिन्थ्यो र नामुद औषधिको रुपमा महंगोमा खरिद पनि गरिन्थ्यो । तर आज यस्ता घरायशी जडिबुटी हजारौं पाइन्छन तर बिना सदुपयोग ब्यर्थमा खेर गैरहेका छन । तर पनि आफ्नो देशको यस्ता अपार अवसरहरु त्याग्नु पर्ने बाध्यताको कसीमा बाहिर बिदेश जानुपर्ने रहर या बाध्यता ?
हालसम्मको आंकडा अनुसार नेपालीहरु जम्मा १४४ राष्ट्रमा रोजगारीको सिलसिलामा पुगेका रहेछन ।
अहिले प्राय: नामै नसुनेका अफ्रिकी राष्ट्रहरु तथा युरोप जाने बढे !
” केही वर्ष अगाडिको कुरा हो युगान्डको एन्टिभी लेकको किनारामा हिड्दै हिडदै, रमाइलो दृश्य अवलोकन गर्दै अगाडि बढ्ने क्रममा केही पर पुग्दा चार जना नेपाली मुलका अधबैंसे युवाहरु भेटिन्छन, हाम्रो जिज्ञासा हुन्छ र सोध्छौं , ” यहाँ तपाइहरु कसरी र किन आउनुभयो ? “
उनीहरुको जवाफ हुन्छ , ” नेपाली दलेले फंसाएर दक्षिण अफ्रिका लैजाने भनेर यहाँ ल्याएर छोडिदिए अनि बेपत्ता ! हाल अवैध रुपमा छौं !”
अनि हाम्रो प्रश्न ” के काम गर्नुहुन्छ ?”
उनीहरुको जवाफ थियो ” गिटी र बालुवा ओसार्ने काम , खान र बस्न धौ धौ छ तैपनी अझै उतै साउथ अफ्रिका लैजान्छु भनिराखेको छ दलेले !”
यस्तै बहादुर भनिएका नेपालीहरुको अमेरिकी सपना फेरि छुट्टै छ !
गतसाल मात्र जम्मा ८० लाख खर्च गरेर अमेरिका पुगेका नेपालीको हालत बेहाल भयो र आखिर उतै जीवन गुमाए भन्ने खवर सुनियो ।
त्यसैले हरेक नेपालीको आ- आफ्नै कथा ब्यथाहरु आफैभित्र रुमलिएका छन । हरेक पटक छ छ महिनामा सरकार परिवर्तन हुन बेर लाग्दैन तर कुनै पनि सरकारको ध्यान भने जनताको दैनन्दिनी परिवर्तन र कडा नीति नियमको अभावले आज हरेको नेपालीको चुलो बिदेशी सलाइ नकोरी बल्दै बल्दैन !