• २०८१ जेष्ठ ३० गते बुधवार

सरकारबाट तत्काल मन्त्री फिर्ता नबोलाउने जनमतको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २१, काठमाडौं । सत्तारुढ जनमत पार्टीले तत्काल सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अहिले संघीय सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो । जनताको कामलाई सशक्तरुपमा उठाउने सो पार्टीले जनाएको छ । बैठकमा अध्यक्ष सीके राउतले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । पार्टीले आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राजधानीमा वृहत् आमसभा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

यसअघि मधेश सरकारबाट जनमत बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस