• २०८१ बैशाख ४ गते मङ्गलवार

माओवादी नेता कालीबहादुर खाम पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।

एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण गरी हत्या गरेको आरोप छ । माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी फरार रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस