• २०८१ बैशाख ४ गते मङ्गलवार

हत्यामा संलग्न आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिएका गोपाल प्रसाद ढकालको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रहरीका अनुसार फागुन ११ मा सिपाडोल स्थित वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठमा ३३ वर्षीय ढकाल मृत अवस्थामा फेला परेका हुन् । हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । आरोपी काभ्रेको सिपाघाटबाट पक्राउ परेका हुन् । घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फागुन ११ मा साँझ गोपाल प्रसाद ढकाल डेराबाट तेल किन्न निस्केका थिए । तेह्रथुमको छथर घर भएका उनी डेरामा नफर्केपछि परिवारले प्रहरी वृत्त जगातीमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस