• २०८१ बैशाख ४ गते मङ्गलवार

आज यी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं ।  आज पनि काठमाडौँका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो ।

विद्युत प्राधिकरणका अनुसार लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुनेछ । यस्तै, २१ गते गोल्फुटार पेट्रोलपम्प देखि बसुन्धारा र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रतिकुल अवस्था नभएको खण्डमा भने यति लामो समय विद्युत सेवा बन्द नहुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस