• २०८१ जेष्ठ ३१ गते बिहिवार

सूर्यदर्शन सहकारी ठगी प्रकरण : शिवलाई थुनामा पठाउन अदालतकाे आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, कास्की। ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी प्रकरण मुद्दामा नेकपा एमालेनिकट युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश बसन्तजंग थापाको एकल इजालसले सहकारीका पूर्वसञ्चालक सदस्य गुरूङ र सहकारी सञ्चालक भविश्वर अर्याललाई बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

गत २५ भदौमा पक्राउ पुर्जी जारी भएदेखि गुरूङ र अर्याल फरार थिए । उनीहरू कानुन व्यवसायीसहित मंगलबार अदालतमा हाजिर भएकोमा थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएको थियो । बुधबार धरौटीमा छोड्न अदालतले अस्वीकार गरेसँगै दुवै जना कारागार चलान भएका छन् ।

सूर्यदर्शन सहकारीसम्बद्ध १९ जनाविरुद्ध एक अर्ब ११ करोड बिगो दाबी गरेर अदालतमा मुद्दा लगिएको छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि थुनामा गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस