• २०८१ फाल्गुन ७ गते बुधवार

अखिल नेपाल महिला संघ तारकेश्वर नगर कमिटिको अधिवेशन पौष २० मा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौं । नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला संघ, तारकेश्वर नगर कमिटिको दोस्रो नगर अधिवेशन पौष २० गते शुक्रबार हुनेभएको छ । “समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, सहभागिताको लागि सुदृढ संगठन” भन्ने नारासहित अखिल नेपाल महिला संघको दोस्रो नगर सम्मेलन पौष २० गते शुक्रबार कान्तिपुर एबि पाटी प्यालेसमा हुदै छ ।

नेकपा एमाले काठमाडौ जिल्ला कमिटिका सदस्य तथा महिला नेतृ साबीत्रा देवी शर्माका अनुसार सो अधिवेशन बिहान १०ः३० बजेबाट सुरु हुने छ । शर्माकाअनुसार एमालेले मिसन ८४ अन्तर्गत भातृ संगठनहरुलाई मजवुत बनाउन अधिवेशन गर्न लागेकाे हो ।

कार्यक्रममा तारकेश्वर भित्रका सबै वडाका महिला संगठनहरुको सहभागिता रहनेछ भने कार्यक्रमको प्रमुख अतिथिमा अखिल नेपाल महिला संघकी अध्यक्ष टुका भद्र हमाल रहनुहुनेछ भने बिषेश अतिथिहरुमा नेकपा एमाले काठमाडौंका ईन्चार्ज आनन्द पोखरेल, जिल्ला अध्यक्ष दिपक निरौला रहनुहुनेछ ।

साथै केन्दिय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटिका सदस्यहरु, तारकेश्वर नगर कमिटिका इन्चार्ज पदाधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहने बताइएको छ । साथै आयोजकले सबै तारकेश्वरका महिला तथा नेता कार्यकर्ताहरुलाई कार्यक्रमा उपस्थित हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस