• २०८१ जेष्ठ ३० गते बुधवार

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल, रजिस्ट्रारमा पौडेल सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौँ । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल र रजिस्ट्रारमा विमल पौडेलको नाम सिफारिस गरेको छ ।

आयोगले बुधबार न्याय परिषद्का सचिव ढकाललाई मुख्य रजिस्ट्रार र सर्वोच्च अदालतका सह रजिस्ट्रार पौडेललाई रजिस्ट्रारमा सिफारिस गरेको हो ।

सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएसँगै दुवै पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस