• २०८१ चैत्र १३ गते बिहिवार

राष्ट्रियसभामा गण्डकीबाट एमालेका ९ जना उम्मेदवार सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, पोखरा । आगामी राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेले ९ जनालाई उम्मेदवार सिफारिस गरेको छ । आज बसेको एमालेको गण्डकी प्रदेश कमिटी बैठकले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बाग्लुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको हो ।

त्यस्तै अपांग, अल्पसंख्यकबाट कास्कीका मेघराज शर्मा, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मीना बरामको नाम सिफारिस गरेको छ । महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्ककीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम केन्द्रीय कमिटीमा पठाइएको छ ।

माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा ३ पदका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस