• २०८१ मङ्सिर २२ गते शनिवार

उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको दोस्रो चरण शुरु हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण आज शुरु गर्दैछ । इजरायलबाट भइरहेको आक्रमण र बमबारीले खोप अभियान रोकिएको थियो ।

गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको घोषणालगत्तै इजरायलसँग अभियान पूरा गर्न आग्रह गरिएको थियो । प्यालेस्टिनी क्षेत्रमा पोलियोको पहिलो केस २५ वर्षपछि पुष्टि भएसँगै खोप अभियान गएको सेप्टेम्बर १ तारिखमा शुरु गरिएको थियो ।

पहिलो चरणको खोप गाजा क्षेत्रभरि पूरा भएको र प्रतिरोधात्मक क्षमता निर्माण गर्न आवश्यक दोस्रो चरण शुरु हुन लागेको डब्लुएचओलाई उद्धृत गरी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस