• २०८१ बैशाख ४ गते मङ्गलवार

कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ । सोमबार काठमाडौँमा बसेको एमाले-माओवादीसहित सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । यो सहमति अनुसार एमालेले मुख्यमन्त्री पाए एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत सामावादीका १ सांसद रहेका छन् । त्यस्तै काँग्रेसका १५ र राप्रपाका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस