• २०८१ बैशाख ४ गते मङ्गलवार

आईपीएल : राजस्थान रोयल्स ६ विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)काे आज भएकाे खेलमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएकाे छ । वानखडे स्टेडियममा टि हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएकोमा जवाफी ब्याटिङ गरेकाे राजस्थान रोयल्सले ४ विकेटकाे क्षतीमा उक्त लक्ष्य पुरा गरेकाे हाे ।

रियान परागकाे अर्धशतकिय खेलमा राजस्थान रोयल्स विजयी भएकाे हाे । उनले ५४ रन बनाए । खेलमा आश्विनले १६ रन, जैसवालले १० रन, समसाेन १२ रन, बुटलरले १३ रन बनाए ।

मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले सर्वाधिक ३४ रन बनाए। २१ बल खेलेका उनले ६ चौका प्रहार गरे। तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे। रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसले रनको खाता खोल्न सकेनन्।

बोल्ड र युजवेन्द्रले ३ ३ विकेट लिएभने नान्द्रे बर्गरले २ विकेट र आवेश खानले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस