• २०८१ बैशाख ४ गते मङ्गलवार

एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, हेटौँडा । बागमती प्रदेशमा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साझ विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालय हेटौँडाले जनाएको छ ।

आलेलाई मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण गराउने गरी समय व्यवस्थापन गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । सांसद आलेलाई अहिले विनाविभागीय मन्त्रीका रुपमा सपथ गराउने र एक साताभित्र विभागीय जिम्मेवारी दिइने मुख्यमन्त्री कार्यालय श्रोतको भनाइ छ ।

सांसद आले एकीकृत समाजवादीका तर्फ प्रदेशमा प्रत्यक्ष निर्वाचित भएकी एक्ली महिला सांसद हुन् । उनी गत वर्षको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश ‘ख’ बाट निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस