• २०८१ बैशाख ४ गते मङ्गलवार

साँस्कृतिक साम्राज्यवादको चपेटामा गरिब मुलुकहरु

खिमराज गिरी पढ्न लाग्ने समय : ७ मिनेट

साँस्कृतिक साम्राज्यवादको सिद्धान्तलाई Media Cultural Imperialism Theory पनि भनिन्छ । यो जनसञ्चार सिद्धान्तको एक अवधारणा हो । जसमा विभिन्न मिडियाहरुमार्फत केहि धनी देशका विभिन्न साँस्कृतिक रीतिरिवाज, चालचलन, विश्वास, मूल्य तथा मान्यताहरुलाई अर्को कम बिकसित मुलुकहरुमा विभिन्न तरिकाबाट प्रभाव पार्ने प्रयास गरिन्छ । अर्थात् गरिब देशहरुमा धनी देशहरुको संस्कार तथा संस्कृतिको प्रभाव जमाउन खोजिन्छ जसले गर्दा धनी देशको हरेक कुराहरुको प्रभाव गरिब देशमा परोस् ।

प्रायः मिडिया र सांँस्कृतिक उत्पादनहरुको निर्यात र प्रसारको माध्यमबाट धनी तथा प्रभावशाली राष्ट्रहरुका प्रभाव गरिब राष्टहरुमा पार्न खोजिन्छ । सामान्यतयः आर्थिकरुपमा बिकसित देशहरुबाट तिनीहरुको मूल्य, मान्यता र विचारधाराहरु हरेक रुपबाट कमजोर रहेका राष्ट्रहरुमाथि नियन्त्रण र प्रभाव जमाउन खोजिन्छ । यो सिद्धान्तले धनी राष्ट्रहरुबाट चलचित्र, टेलिभिजन कार्यक्रम, संगीत, साहित्य र यहाँसम्म कि विज्ञापन जस्ता साँस्कृतिक उत्पादनहरुको प्रवाहद्धारा गरिब राष्ट्रहरुका समाजको साँस्कृतिक पहिचान र अभ्यासहरुलाई आफ्नाे स्वार्थनुरुप रुपान्तरण गर्न खोजिन्छ ।

अवधारणा :
खास त, साँस्कृतिक साम्राज्यवादको अवधारणा जब दोस्रो विश्व युद्धको समाप्ति भयो तब अमेरिका संसारमा शक्तिसाली राष्ट्रको रुपमा देखियो र अर्को शक्तिसाली राष्ट्रको रुपमा रुस पनि देखा पर्यो । अमेरिकाले पूँजीवादी राष्ट्रहरुको नेतृत्व गर्यो भने रुसले साम्यवादी राष्ट्रहरुको । यसरी संसारका देशहरु प्रायः दुई धुर्वहरुमा विभाजित जस्ता देखिए । हुन त, कम विकसित राष्ट्रहरु यी दुवै राष्ट्रको समर्थनमा नरहेकाले तेस्रो विश्वको रुपमा गनिएका थिए । तथापी सन १९५० देखि बढ्दो रेडियो तथा टेलिभिजनको उत्पादन तथा प्रचार प्रसारले प्रायः अमेरिकी तथा धनी राष्ट्रका मिडियाहरुको पौंच हरेक क्षेत्रमा परिरहेको थियो । मानिसहरु हरेक प्रचार तथा प्रसारित सामाग्रीहरुको विश्वास बढी नै गर्दथे । दोस्रो विश्व युद्धको सामना गरेका विश्वका प्रायः राष्ट्रहरु युद्धबाट त्रसिद मानसिकतामा थिए तैपनि अमेरिका र रुसविचमा सन १९६० को दशकदेखि वाक युद्ध अर्थात् शीत युद्ध चल्न थाल्यो । यसको प्रभाव अन्य राष्ट्रहरुमा पनि विस्तारै पर्न थाल्यो । युद्धको मानसिकताबाट त्रसिद समाजलाई अव युद्धबाट रुपान्तरण गर्न सकिदैन भनेर खास गरी अमेरिकीलगाएत अन्य केही धनी राष्ट्रहरुका मिडियामार्फत गरिब देशहरुमाथि कसरी प्रभाव जमाउने र आप्mनो प्रभुत्व कायम राख्ने त भन्ने मनसायले विस्तारै धनी राष्ट्रहरुले आ—आप्mनो देशको कला, संस्कृति, रीतिरिवाज, चालचलन, पहिरन, खानपान, साजसज्जा, मिडियाको नयाँ नयाँ प्रबिधिबाट उत्पादीत नयाँ नयाँ कन्टेन्टहरुसमेतको प्रभुत्व जमाउन खोजे र उनीहरुले गरिब राष्ट्रहरुमा यस्ता साँस्कृतिक प्रभाव जमाउन खोज्दा गरिब देशहरुमा पिछडिएका वर्गहरु पनि उत्प्रेरित भए जसले गर्दा उनीहरुको रहनसहन चालचलनमा परिबर्तन आउने भएपछि उनीहरुको संस्कृति तथा संस्कारलाई पछ्याउने नै भए ।

विभिन्न विद्धानहरुले साँस्कृतिक साम्राज्यवादकोवारेमा विभिन्न ढंगबाट विश्लेषण गरेको पाइन्छ । १६ औं शताब्दिको प्रारम्भमा स्पेनीहरुले अमेरिकन संस्कृतिलाई दबाए, त्यस्तै १९ औं शताब्दिमा युद्ध वा अनेक प्रभावबाट बेलायतले भारतलगाएत विभिन्न राष्ट्रहरुमा आप्mनो प्रभाव जमाएको थियो । त्यस्तै इष्ट इण्डिजमा डच र अफ्रिकन राष्ट्रहरुमा फ्रान्सको प्रभाव विभिन्न रुपबाट देखिन्थ्यो । तर पछि बीसौं शताब्दिको साम्राज्यवाद सैन्य उन्मादसँग जोडिएको थिएन । यसको फलस्वरुप साँस्कृतिक साम्राज्यवादसँग जोडिएर विभिन्न विद्धानहरुले यसको ब्याख्या विश्लेषण सोहीनुरुप गरेका छन् ।

त्यस्तै यस सिद्धान्तलाई सकारात्मक रुपमा ब्याख्या गर्दै वाँयड—बैरेट ( सन १९९८) ले भुमण्डलीकरणका सिद्धान्तहरुमा भएका घटनाक्रमहरुको प्रकाशमा ”मिडिया साम्राज्यवाद” अवधारणाको उपयोगिताकोबारेमा चलिरहेको बहसको जवाफ दिँदै भन्छन् कि ” मिडिया साम्राज्यवाद अभैm पनि सान्दर्भिक छ किनकी यसले राष्ट्रिय अर्थतन्त्र र विश्वव्यापी पूँजीवादी अर्थ व्यबस्थाविचको सम्बन्धलाई प्रत्यक्ष रुपमा जाँच्छ र केन्द्रित गर्दछ । ”

अन्य केही विद्धानहरुद्धारा सोभियत संघले साम्यवादी शासन ब्यबस्था संसारभर लागू गर्नको लागि युद्धबाट सम्भव नभएपछि आप्mनो विभिन्न संस्कार, संस्कृति तथा अन्य रीतिरिवाज तथा रहनसहनको प्रभावबाट विस्तारै गरिब राष्ट्रहरुमा प्रभाव जमाउँदै जाने नीति लिने डर त्रासले वाक युद्धको प्रभाव छेड्दै यसैको बदलास्वरुप विशेष गरी अमेरिकाले आप्mनो विभिन्न मिडियामार्फत आप्mनो संस्कृतिलाई विभिन्न गरिब तथा विकासोन्मुख राष्ट्रहरुमा उसको प्रभाव जमाउँदै लैजाने रणनीति तय गरेको कुरा ब्यक्त गरिएको छ । यसमा साँस्कृति साम्राज्यवाद सैन्य हस्तक्षेपसँग नजोडिई गरिब देशहरुका राजनीतिक र आर्थिक तथा धार्मिक मान्यताहरुसँग जोडिएको भनिएको छ । त्यस्तै मिडियाका प्रख्यात सिद्धान्तकार हर्बर्ट शिलरले आफ्नो पुस्तक “Communication and Cultural Domination  (1976) A.D” मा साँस्कृतिक साम्राज्यवादको आर्थिक र राजनीतिक पक्षहरुको खोजी गर्र्दै पश्चिमी मिडिया समूहहरुले पश्चिमी सँस्कृति र मूल्यहरुको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको तर्क गरेका छन् । उनको तर्कमा प्रभावशाली संस्कृतिहरु भएका मुलुकहरुले कमजोर धरातलको संस्कृति भएका मुलुकहरुलाई जुन तरिकाबाट भएपनि आफ्नो नियन्त्रणमा लिने उद्येश्य हुनसक्ने कुरा औंल्याएका छन् ।

वास्तविकताः
यसरी माथि उल्लेखित विभिन्न विद्धानहरुको सकारात्मक तथा नकारात्मक तर्क जे भएता पनि वास्तवमा आधुनिक मिडिया प्रविधिको विकाससँगै विश्वका हरेक कुनाका मानिसहरुमा चेतनाको अभिबृद्धि भएको छ । अहिले हरेक मानिसहरु हर क्षण सञ्चारको पहुँचमा हुन्छन् । पहिलाको युगमा भैmँ अहिले मानिसहरु युद्ध गर्न चाहादैनन् । तर जति जति नयाँ नयाँ प्रविधिको विकास हुँदै गयो उति उति धनी राष्ट्रका मानिसहरुमा झन नयाँ नयाँ प्रणालीहरुको विकास हुँदै गयो र उनीहरुको मनसाय के देखियो भने अव युद्ध उन्मादले विश्व हाँक्न सकिदैन । र, विश्वमा रजगज चलाउने एउटै माध्यम भनेको सूचनाको प्रबृधिलाई विकसित रुप दिने हो । यदि सूचना तथा सञ्चारलाई नयाँ प्रविधियुक्त बनाइयो भने आप्mनो देशमा भएका हरेक खाद्यान्नलगाएत विविध उत्पादनका साधनहरुलाई विज्ञापनमार्फत विक्रिवितरण गर्न सकिन्छ र गरिब देशहरुले आपैm उत्पादन गर्न महँगो पर्ने भएकोले विदेशबाट सस्तोमा नयाँ नयाँ प्रविधियुक्त सामान खरिद गर्छन भन्ने मनसायकासाथ धनी राष्ट्रहरुले साँस्कृतिक साम्राज्यवादको नीति अप्नाएको पाइन्छ । हामीले नेपाललगाएत अन्य कम विकसित राष्ट्रहरुकै कुरा गर्ने हो भने पनि हामीलाई हाम्रो संस्कृति, लवाई, खवाई, लुगाफाटो, चाडवाड आउँदा आप्mनै संस्कृति भुलेर जन्म दिन, एनिभर्सरी, क्रिश्चियन चाडवाडहरु, पटका पड्काउने, अंग्रेजी नयाँ वर्ष मनाउने.(तर आप्mनो देशको नयाँ वर्ष भुल्छौं ), यस्ता हेरक कुराहरु खान, लगाउन र मनाउन हतार हुन्छ हामीलाई । यो सवै पश्चिमेली राष्ट्रहरुको प्रभाव नै हो र यसलाई पनि साँस्कृतिक साम्राज्यवादको उपज हो भन्दा अतियुक्ति नहोला । त्यस्तै अहिले लडाई गरेर जितहारको मनस्थिति लिनु भन्दा पनि फिल्म, गीत, संगीत, खानपान, फेसन आदिको विज्ञापन सञ्चारमाध्यामबाट गरेर सांस्कृतिक प्रभाव पार्नु नै उत्तम विकल्प सोचेर धनी देशहरुले यो खेल खेल्दैछन् । अरु त के विश्वका महत्वपूर्ण समाचारहरु पनि नेपालको मिडियाले मँहगोमा किनेर सस्तोमा वेच्न बाध्य भएका छन् । किनकी आधुनिक उपकरण किन्न अति मँहगो पनि पर्दछ र नेपालको राष्ट्रिय समाचार समितिले विश्वको शक्तिशाली मिडियालाई कर तिर्नु पर्दछ । त्यस्तैे अरु त के युद्धको त्रासबाट मुक्ति नपाएका कयौं अफ्रिकन र एशियन देशहरु अझ मुश्लिम बाहुल्यता भएका देशहरुमासमेत पहिला महिलाको लागि बुर्का अनिवार्य थियो तर अहिले पश्चिमेली प्रभावको कारणले उनीहरु पनि स्वतन्त्र रुपमा जीवन जिउन थालेका छन् तर, पश्चिमाहरुको सियो बनेर पस्ने र मुसल बनेर निस्किने प्रबृत्तिवारे कम विकसित देशका गरिब जनताहरुलाई थाह छैन उनीहरुको रणनीति । यस्तै कुराहरुबाट धनी देशहरुले गरिब देशहरुलाई ऋगतिगचब िम्यmष्लबतभ गरिराखेका छन् । अहिले उनीहरु द्यगकष्लभकक ब्mउभचभ को रुपमा काम गरेका छन् । यस अर्थमा पनि हामी तेस्रो विश्वका मानिसहरु म्यmष्लबतभम हुनु परिराखेको छ ।

बाध्यतामा अल्झिएका प्रश्न :
यसरी पहिला धनी देशहरुको राजनीतिक प्रभावको कारणले गरिब देशहरु आर्थिक प्रलोभनमा परेर देशमा भएका प्राकृतिक स्रोत र साधनहरु दिन बाध्य भएका उदाहरणहरु अफ्रिकी तथा एशियन मुलुकका कयौं उदाहरणहरु छन् । यस्तै मिडियाको प्रभाववारे अध्ययन गर्ने हो भने अमेरिकाले अफगानिस्तानमा भएका खनिज पदार्थ लैजाने बहानामा त्यहाँका क्रान्तिकारी नेता विन लादेनलाई आतँककारी हो भनेर विश्वका हरेक मिडियामा हल्ला फिँजाइदियो र हामी र हाम्रा मिडिया त्यो कुरा पत्याउन बाध्य भइयो तर उता यही बहानामा विन लादेनलाई मारियो र केही राष्ट्रहरुले आप्mनो स्वार्थ सिद्धको साधन बनाए बिन लादेनलाई । अनि हमिद कार्जाइजस्ता बैंकका कर्मचारी आज अरबौं डलरमा बिक्रि भएर राष्टपतिको ट्याग भिरेर आनन्दको जीवन विताइ रहेका छन् । तर धनी देशहरुले गरिब देशमा भएका विभिन्न प्राकृतिक स्रोत साधनहरु यसरी नै विस्तारै प्रभाव जमाउँदै आफ्नो देशमा भित्र्याउने रणनीतिक चाल भने जारी नै राखेका छन् । यसको उदाहरण कंगो र अफगानिस्तानको ब्ल्याक डाइमण्ड, इरान तथा कुवेतको तेल निश्चित शर्तमा बिक्रि गरिनु, त्यस्तै नेपालमा भएका खनिज पदार्थहरुमा पनि कहिँ कतै बाहिरी देशको नजर पर्नुले पनि कतै भविश्यमा साँस्कृतिक साम्राज्यवादको प्रभावले कही सकारात्मक प्रभाव परेको भनिएता पनि दीर्घकालिन रुपमा यसको असर नराम्राे पर्दै त छैन ?

अन्तमाः
साँस्कृतिक साम्राज्यवादका आलोचकहरुले तर्क गरेका छन् कि, यो साँस्कृतिक प्रभुत्व र शोषणको एक रुप हो जसले साँस्कृतिक विविधतालाई हानी पुर्याउँछ । र, छरिएर रहेका विभिन्न संस्कार तथा संस्कृति ”जुन स्थानीय रुपमा सयौं वर्षदेखि चलन चल्तिमा रहेका छन्” लाई कमजोर बनाउँछ र जातीय, धार्मिक तथा भाषिक रुपमा पनि असहजता तथा असहिष्णुता उत्पन्न भई गरिब देशका विभिन्न दुर—दराजका बस्तीहरु धर्म र कर्मका नाममा विभाजित हुन सक्ने कुरालाई पनि नकार्न सकिदैन भनिन्छ ।

अर्कोतिर समर्थकहरुले भन्छन कि, यसले संसारभरका संस्कार तथा संस्कृतिलाई एकरुपतामा बाँध्दछ । यसरी समग्रमा भन्नु पर्दा यो ठूला र धनी राष्ट्रहरुको गरिब राष्ट्रप्रतिको साँस्कृतिक प्रभाव नै हो र जसको माध्यमबाट धनी देश झन धनी र गरिब देश झन गरिब हुँदै जाने प्रबृत्तिलाई सकारात्मक रुपमा लिन सहज ठानिएको पाँइदैन र साँस्कृतिक साम्राज्यवादको नाममा हुने गरेका यस्ता क्रियाकलापले गर्दा हरेक कुराहरुमा तेस्रो विश्वका बुद्धिजीवी मानिसहरु तथा अझ महत्वपूर्ण त नागरिकहरु सचेत गराउनमा मिडियाले खेल्नुपर्ने भूमिकाको कुरामा कसैको दुईमत नहोला ।

प्रतिक्रिया दिनुहोस