• २०८१ जेष्ठ ३१ गते बिहिवार

रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं । रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान बंगाद कुपिन्डे नगरपाललका ७ घर भई हाल सामाखुशी बस्ने बिमान तामाङ रहेका छन् ।

वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु त्यसको लागि पीडितबाट पटकपटक गरी एक लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।

उक्त कार्यलयमा खटिएको प्रहरी टोलीले जगत ओली क्षेत्रीको खोजतलास गर्ने क्रममा बिहिबार पक्राउ गरेकाे हाे । उलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस