• २०८१ जेष्ठ ३१ गते बिहिवार

बालकुमारी घटनामा दोषी देखिएका सबैलाई कारबाही हुन्छ – गृहमन्त्री श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १६, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उच्चस्तरीय छानबिन समितिका अनुसार जो दोषी देखिन्छन् सबैलाई कारबाही हुने बताएका हुन् ।

‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानूनको दायरमा ल्याएर कारबाही हुन्छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस