• २०८० मङ्सिर १५ गते शुक्रवार

प्रमोद भट्टराईको ’चुपचाप मन पराएँ’ गीति संग्रह सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १५, काठमाडौं । गीतकार प्रमोद भट्टराई ’प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतहरुको गीति संग्रह ’चुपचाप मन पराएँ’ लोकार्पण गरिएको छ । आज गीतकार संघ नेपालले राष्ट्रिय नाचघरमा आयोजना गरेको एउटा समारोहमा सात वटा गीतहरु संग्रहित यो गीति संग्रह लोर्कापर्ण गरिएको हो ।

आज लोकार्पण भएको गीति संग्रह ’चुपचाप मन पराएँ’ मा लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड भएका सात वटा गीतहरु समावेश गरिएका छन् । एल्बममा समावेश गीतहरुमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, प्रविण बेडुवाल, निशान भट्टराई, मेलिना राई तथा रचना रिमाल जस्ता लोकप्रिय गायक–गायिकाहरुको स्वर रहेको छ । यी गीतहरुमा संगीतकार कीर्ति न्यौपाने (दिवाकर शर्मा) तथा सरोज कोइरालाको संगीत निर्देशन छ । एल्बममा समावेश गीतहरुलाई पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका छन् भने शम्भु तण्डुकार रेकर्डिष्ट हुन् । एल्बममा समावेश गीतका म्युजिक भिडियोहरु पनि तयार पारिएका छन् । ती भिडियोहरुलाई नवल नेपाल, कृष्णदेव रुपाखेती, हेमप्रभास अधिकारी, बिनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् ।

समारोहमा एल्बममा समावेश सात वटै गीतका म्युजिक भिडियोका अंशहरु प्रदर्शन गरिएको छ । एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ’माया रोपे माया फल्छ’ बोलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण आफैँले अभिनय गरेका छन् भने कृष्णदेव रुपाखेतीले यसलाई निर्देशन गरेका छन् ।

’ज्योतिषीले भनेको…’ गीतमा निशान भट्टराई तथा मेलिना राईको स्वर तथा कृति न्यौपानेको संगीत छ । बिनोद बमले यसको भिडियो निर्देशन गरेका छन् । ’समयले जुरायो…’ गीतमा शिव परिवारको स्वर तथा सरोज कोइरालाको संगीत छ । यो गीतको भिडियोलाई फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । ’प्रेमको भाषा’ बोलको गीतमा कृति न्यौपानेको संगीत तथा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस