• २०८१ असार ३ गते आइतवार

काठमाडौं महानगरको डोजर रोक्न राप्रपाका नेताहरुले सडकमा गाडी तेस्र्याए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरिरहेको छ । सोमबार महानगरले कार्यालय भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले हटाउन लागेको हो ।

यस्तै भवनको नक्सा पास पनि नरहेको महानगरले जनाएको छ । महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो ।

महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस