• २०८० फाल्गुन १० गते बिहिवार

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै, टोलीमा झण्डै १२० जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

२०८० जेठ १७ गते,काठमाडौं । जम्बो टोलीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित झण्डै १२० जना रहनेछन् । भारतले प्रधानमन्त्रीको भ्रमण टोलीका लागि ४७ जनाको कोटा दिएको थियो ।

भारत भ्रमणमा जानेमध्ये २५ जना ‘उच्चस्तरीय’ को नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । उनीहरूमध्ये प्रधानमन्त्रीको सचिवालयका मात्रै १० जना रहेका छन् ।

स्रोतका अनुसार ५० जनाको आसपासमा व्यवसायी र १३ जना सञ्चारकर्मीहरू निजी खर्चमा जानेछन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५ महिना पछि दक्षिणी छिमेकी भारत भ्रमणमा जान लागेका उनी २१ गते मात्रै स्वदेश फर्कने छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री दाहालले आजै उनीसँग भेटवार्ता गर्नेछन् । भारतलाई बिद्युत् विक्री तथा बङ्गलादेशलाई बिद्युत् बिक्रीका लागि बाटो खुल्ला गरी दिनेलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस